कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू  संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने United Nations Food Systems 2023 Stocktaking Moment मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८० साल साउन ६ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।

२०८० साल साउन ६ गते शनिबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता