विधेयक प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका देहायका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नु भएको छः

क्रम संख्या विधेयकको नाम
विनियोजन विधेयक, २०८०
आर्थिक विधेयक, २०८०
  राष्ट्र ऋण उठाउने विधेयक, २०८०

२०८० साल असार ३१ गते आइतबार ।

(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता