सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बेलायतका Deputy Chief of General Staff/Colonel Commandant the Brigade of Gurkhas/Chairman Gurkha Welfare Trust Lieutenant General NAW Pope CBE बाट शिष्टाचार भेट

आज मिति २०७४ साल असोज २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायतका Deputy Chief of General Staff/Colonel Commandant the Brigade of Gurkhas/Chairman Gurkha Welfare Trust Lieutenant General NAW pope CBE ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालका लागि बेलायतका महामहिम राजदूत, भ्रमणदलका अन्य सदस्यहरु एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूतबाट शिष्टाचारभेट

आज मिति २०७४ साल असोज २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूत महामहिम श्री अहमद सलिमले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात हुन लागेको  तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु । नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति 2074 वैशाख 31 गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले Read More …

बाल दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ मनाउन लागिएको वाल दिवसको अवसरमा सुख, शान्ति, समृद्धि एवं शिक्षा प्राप्तिको अवसर सम्पूर्ण वालवालिकाहरुलाई प्राप्त होस् भन्ने कामना गर्दछु । संविधान सभाद्वारा निर्मित संविधान जारी भई लामो राजनीतिक संक्रमण कालको समाप्ति संगै बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कार्यहरु भएका छन् । बालबालिकाहरुको संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै छन् । गुणस्तर स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुर्व्यवहार, शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनहरु पूर्ण रुपमा समाप्त गर्दै वास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ । बाल अधिकार हनन्का घटनाहरुबाट Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूतबाट विदाई भेट

आज मिति २०७४ साल भाद्र २७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत महामहिम Mrs. Rensje Teerink ले विदाई भेट गर्नुभयो । सो अवसरमा युरोपियन युनियन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित युरोपियन युनियन तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल भाद्र २६ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिलमा उल्लेखित नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, माननीय सांसदज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । तपसिल क्र.सं. नामथर कार्यविभाजन १. श्री दिपक बोहरा विज्ञान तथा प्रविधि २. श्री सुनिल बहादुर थापा उद्योग ३. श्री विक्रम पाण्डे वन तथा भू-संरक्ष   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गर्नुभएको संबोधन

माननीय उपप्रधान एवं शिक्षामन्त्री, माननीय मन्त्रीहरु, माननीय सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, उपकुलपतिहरु, राष्ट्रसेवकहरु, विभूषित विद्यार्थी तथा अनुसन्धाताहरु, भद्रमहिला तथा सज्जनवृन्द ! ३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी एवं अनुसन्धाताहरुलाई विभूषित गर्ने समारोह आयोजना भएकोमा खुशी व्यक्त गर्दै शिक्षा मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । आज पदक ग्रहण गर्ने सम्पूर्ण उत्कृष्ट व्यक्तिहरुमा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु । यहाँहरुबाट आर्जित ज्ञान र विद्वता मुलुकको सामाजिक आर्थिक समृद्धिमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । देश विकासको आधारस्तम्भ शिक्षा हो । शिक्षाले सामाजिक, साँस्कृतिक र राजनैतिक रुपमा चेतनशील र जागरुक नागरिक तयार गर्छ भने Read More …

प्रेस विज्ञप्ति

आज मिति २०७४ साल भाद्र २३ गते शुक्रबारका दिन ३८ औं राष्ट्रिय शिक्षा दिवस, २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदक २१५ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदक ८२ जनालाई, ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक २८ जनालाई, नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई तथा नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट प्रमाणपत्र तह वा सो सरह तर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ३ जना समेत जम्मा ३५१ Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र २२ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०७४ २. प्रदेश सभा सदस्य निर्वाचन विधेयक, २०७४   (प्रल्हादप्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल भाद्र २० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न गणतन्त्र भारत भ्रमणका अवसरमा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदाहरु, कोशी परियोजनामा नेपाली जनताले पाउनुपर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउने लगायतका अन्य समसामयिक विषयमा जानकारी गराउनुभएको थियो । उक्त भेटमा परराष्ट्र मन्त्रालयका सचिव लगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो । (केशव प्रसाद घिमिरे) उपसचिव