सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बेलायतका Deputy Chief of General Staff/Colonel Commandant the Brigade of Gurkhas/Chairman Gurkha Welfare Trust Lieutenant General NAW Pope CBE बाट शिष्टाचार भेट

आज मिति २०७४ साल असोज २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायतका Deputy Chief of General Staff/Colonel Commandant the Brigade of Gurkhas/Chairman Gurkha Welfare Trust Lieutenant General NAW pope CBE ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालका लागि बेलायतका महामहिम राजदूत, भ्रमणदलका अन्य सदस्यहरु एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता