बाल दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ मनाउन लागिएको वाल दिवसको अवसरमा सुख, शान्ति, समृद्धि एवं शिक्षा प्राप्तिको अवसर सम्पूर्ण वालवालिकाहरुलाई प्राप्त होस् भन्ने कामना गर्दछु ।

संविधान सभाद्वारा निर्मित संविधान जारी भई लामो राजनीतिक संक्रमण कालको समाप्ति संगै बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कार्यहरु भएका छन् । बालबालिकाहरुको संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै
छन् । गुणस्तर स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुर्व्यवहार, शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनहरु पूर्ण रुपमा समाप्त गर्दै वास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ । बाल अधिकार हनन्का घटनाहरुबाट बालबालिकालाई जोगाउन सम्वद्ध सबै पक्ष निरन्तर प्रयत्‍नशील रहनु पर्दछ ।

अन्तमा, हाम्रा संवैधानिक तथा कानूनी व्यवस्था एवम् नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै पक्षको समन्वय र  सहकार्यबाट बालमैत्री पूर्ण शासन मार्फत बालअधिकारको सम्मान गर्न सबैमा आव्हान गर्दछु ।

 

धन्यवाद !

मिति २०७४ साल भाद्र २९ गते बिहीबार