सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूतबाट विदाई भेट

आज मिति २०७४ साल भाद्र २७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत महामहिम Mrs. Rensje Teerink ले विदाई भेट गर्नुभयो । सो अवसरमा युरोपियन युनियन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित युरोपियन युनियन तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता