सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल भाद्र २० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न गणतन्त्र भारत भ्रमणका अवसरमा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदाहरु, कोशी परियोजनामा नेपाली जनताले पाउनुपर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउने लगायतका अन्य समसामयिक विषयमा जानकारी गराउनुभएको थियो । उक्त भेटमा परराष्ट्र मन्त्रालयका सचिव लगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।

(केशव प्रसाद घिमिरे)

उपसचिव