सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूतबाट शिष्टाचारभेट

आज मिति २०७४ साल असोज २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र माल्दिभ्सका गैरआवासीय राजदूत महामहिम श्री अहमद सलिमले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता