सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिने एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा सम्वत् २०७४ साल असोज ३ गते मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता