सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल भाद्र २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/
गैरआवासीय
1. फिनल्याण्ड H.E. Mr. Pertti Juhani Anttinen आवासीय
2. फ्रान्स H.E. Mr. Francois-Xavier LEGER आवासीय
3. अस्ट्रिया H.E. Ms. Brigitte Öppinger-Walchshofer गैरआवासीय
4. स्पेन H.E. Mr. Jose Ramon Baranano Fernandez गैरआवासीय

(छविन्द्र पराजुली)

प्रवक्ता