सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज १२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र भारतका Petroleum & Natural Gas and Skill Development & Entrepreneurship मन्त्री H.E. Mr. Dharmendra Pradhan बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । सो अवसरमा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता