कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल असोज ६ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन एवम् मित्रराष्ट्र कोष्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असोज ६ गते शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(केशवप्रसाद घिमिरे)

सहायक प्रवक्ता