सम्माननीय राष्ट्रपतिज्यूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त

आज मिति २०७५ साल असोज ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री नवीनकुमार घिमिरेज्यूलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूसमक्ष नवनियुक्त प्रमुख आयुक्तज्यूले आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीज्यूहरु नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता