हरितालिका तीज पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

हरितालिका तीज पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा पारिवारिक सुख, शान्ति, समृद्धि एवम् सामाजिक एकता र सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याइरहेका यस्ता चाडपर्वहरु मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण

आज मिति २०७५ साल भाद्र २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, न्यायपरिषदका माननीय सदस्यहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत Read More …

सम्माननीय राष्ट्रपतिबाट नवनियुक्त प्रधान सेनापतिज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान

आज मिति २०७५ साल भाद्र  २४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।     Read More …

प्रेस विज्ञप्ति

आज मिति २०७५ साल भाद्र २३ गते शनिबारका दिन ३९ औं राष्ट्रिय शिक्षा दिवस, २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदक २३३ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदक ११८ जनालाई, ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक १७ जनालाई, नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक १७ जनालाई तथा नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषदबाट प्रमाणपत्र तह वा सो सरह तर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक १ जना समेत जम्मा ३८६ Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल भाद्र २१ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूद्वारा भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त प्रतिवेदन ग्रहण गर्दै सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालमा बोलिने सबै भाषाहरुको सम्बर्द्धन, संरक्षण, अनुसन्धान र विकासमा सम्बद्ध सबै पक्षहरुले उचित ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलज्यू लगायत उच्च सरकारी पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विभूषण प्रदान

आज मिति २०७५ साल भाद्र १९ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७४ जेठ १५ गते दशौं गणतन्त्र दिवसको अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरुलाई राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच नेपाल रत्न, राष्ट्रगौरव, महाउज्ज्वल राष्ट्रदीप, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गर्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

गौरा पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको मध्य तथा सुदूरपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्व वोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै यस पर्वले सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको यस पर्वले आफ्नो मौलिकता राख्‍न समेत सफल भएको छ । हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नमा मद्दत पुग्दै आएको छ । जसबाट आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ हुनमा सहयोग पुग्न गएको छ । अन्तमा, Read More …

सम्माननीय राष्ट्रपतिज्यू र श्रीलंकाका महामहिम राष्ट्रपति Maithripala Sirisena बीच भेटवर्ता

आज मिति २०७५ साल भदौ १६ गते शनिबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका महामहिम राष्ट्रपति Mr. Maithripala Sirisena बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै हालै सम्पन्न चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका विषयमा समेत कुराकानी भयो । सम्वत् २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याएकोमा सम्माननीय राष्ट्रपतिज्यूबाट श्रीलंका सरकारलाई हार्दिक धन्यवाद दिनुभयो । साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने तथा द्विपक्षीय व्यापार, पर्यटन, लगानी र निजी क्षेत्रबीचको सम्बन्धलाई सक्रिय पार्ने जस्ता विषयमा समेत Read More …

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश   भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति  एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । विभिन्‍न धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । तसर्थ, हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न यस पर्वले सहयोग पुर्‍याउनेछ । हामी सम्पूर्ण नेपालीले हाम्रो पर्व, धर्म, सँस्कृति एवम् परम्परा जोगाउन आ–आफ्नो स्थानबाट सद्विचार र सत्कर्मका साथ चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकौं भन्दै आपसमा Read More …