सम्माननीय राष्ट्रपतिज्यू र श्रीलंकाका महामहिम राष्ट्रपति Maithripala Sirisena बीच भेटवर्ता

आज मिति २०७५ साल भदौ १६ गते शनिबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका महामहिम राष्ट्रपति Mr. Maithripala Sirisena बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै हालै सम्पन्न चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका विषयमा समेत कुराकानी भयो ।

सम्वत् २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याएकोमा सम्माननीय राष्ट्रपतिज्यूबाट श्रीलंका सरकारलाई हार्दिक धन्यवाद दिनुभयो । साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने तथा द्विपक्षीय व्यापार, पर्यटन, लगानी र निजी क्षेत्रबीचको सम्बन्धलाई सक्रिय पार्ने जस्ता विषयमा समेत विस्तृत कुराकानी भयो ।

उक्त अवसरमा नेपाल र श्रीलंकाबीच युवा विकासको क्षेत्रमा तथा दुई मुलुकका परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्य सम्बन्धी सम्झौतापत्रहरु दुबै देशका राष्ट्रपतिज्यूहरुको समुपस्थितिमा दुई देशका अधिकारीहरुद्वारा सम्झौताको प्रति आदानप्रदान समेत भयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू लगायत नेपाल सरकार तथा श्रीलंका सरकारका उच्चपदस्थ अधिकारीहरु  समेतको उपस्थिति रहेको  थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता