सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल भाद्र २१ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूद्वारा भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त प्रतिवेदन ग्रहण गर्दै सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालमा बोलिने सबै भाषाहरुको सम्बर्द्धन, संरक्षण, अनुसन्धान र विकासमा सम्बद्ध सबै पक्षहरुले उचित ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलज्यू लगायत उच्च सरकारी पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता