गौरा पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको मध्य तथा सुदूरपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्व वोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै यस पर्वले सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको यस पर्वले आफ्नो मौलिकता राख्‍न समेत सफल भएको छ । हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नमा मद्दत पुग्दै आएको छ । जसबाट आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ हुनमा सहयोग पुग्न गएको छ ।

अन्तमा, गौरा पर्वले पनि राष्ट्रिय एकता, दीगो शान्ति एवम् आपसी सद्‍भाव वढाउने कुरामा विश्वस्त हुँदै सबैमा सफलताको कामना गर्दै शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !

मिति २०७५ भाद्र १८ गते सोमबार ।