सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोनम ल्होसारको अवसरमा दिनुभएको शुभकामना सन्देश

सोनम ल्होसारको शुभकामना सन्देश तामाङ समुदायको महान् पर्व सोनम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वले तामाङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । Read More …