राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

२०७८ साल फागुन ४ गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता