सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल साउन 27 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरूलाई शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
  रसिया H.E. Mr. Aleksei A. Novikov आवासीय
  लक्जेम्वर्ग H.E. Mr. Jean Claude Kugener गैरआवासीय
  गणतन्त्र लिथुआनिया H. E. Mr. Julius Pranevičius गैरआवासीय
  कुवेत H.E. Mr. Jasem Ibrahem J.M. Alnajem गैरआवासीय

(छविन्द्र पराजुली)

 प्रवक्ता