सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट बकर ईद (इदुल जोहा) पर्वको अवसरमा व्यक्त शुभकामना सन्देश

बकर ईद (इदुल जोहा) पर्वको शुभकामना सन्देश ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (इदुल जोहा) को शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । हाम्रो साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रबर्द्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प हासिल गर्न मद्दत पुग्नेमा म विश्वस्त छु । अन्तमा, बकर ईद पर्वले Read More …

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू  स्वास्थ्य परीक्षणको सिलसिलामा सम्वत् २०७६ साल साउन १८ गते शनिबार सिंगापुरतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।      (छविन्द्र पराजुली)      प्रवक्ता