सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्रीकृष्ण जन्माष्टमीका अवसरमा ब्यक्त शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७६ को शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रा साँस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि हुन् । मुलुकको सभ्यता र सम्पन्नताको सूचक समेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यस प्रकारको ऐतिहासिक साँस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्‍भाव अभिबृद्धि गर्न ठूलो मद्दत पुर्‍याएको छ ।  

अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी बीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७६ भाद्र ६ गते, शुक्रबार ।