सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका विदेश मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ ५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका H.E. Dr. S. Jaishankar, External Affairs Minister ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता