सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल बैशाख २५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि कम्बोडिया अधिराज्यका गैर-आवासीय राजदूत H.E. Mr.  UNG Sean ले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू चीनको राजकीय भ्रमण सम्पन्‍न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७६ साल बैशाख ११ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७६ साल बैशाख १८ गते बुधबार स्वदेश फर्कनु भयो ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता