सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल बैशाख २५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि कम्बोडिया अधिराज्यका गैर-आवासीय राजदूत H.E. Mr.  UNG Sean ले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

 

(छविन्द्र पराजुली)
प्रवक्ता