सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू World Future Energy Summit मा भाग लिने सिलसिलामा २०७३ साल माघ १ गते शनिबार युएईतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री  श्री विमलेन्द्र निधिज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता