सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल माघ ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपाली राजदूत पदमा कार्यरत श्री लोकबहादुर थापालाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता