अध्यादेश खारेज

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको मिति २०७८/४/३ मा प्राप्त पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/२ को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।

मितिः २०७८/४/३

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता