सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूतबाट शिष्टाचार बिदाई भेट 

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूत H.E. Mr. Francois- Xavier Leger ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता