सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित बेलायती महामहिम राजदूत समेतको उपस्थिति थियो ।

 (छविन्द्र पराजुली)

प्रवक्ता