“Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका “Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त अवसरमा प्रतिनिधि सभाका माननीय सदस्य श्री हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डलमा विभिन्न आठ देशका संस्थासंग आवद्ध सदस्य तथा माननीय सांसदहरू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

२०७९ साल भदौ ७ गते मङ्गलबार  ।

(सागर आचार्य)

प्रवक्ता