आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका माननीय अध्यक्षहरू क्रमश: श्री समिम मियाँ अन्सारी, श्री राम बहादुर थापामगर र श्री विष्णुप्रसाद चौधरीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८० साल असोज २९ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता