आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले लोक सेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

साथै, सम्माननीय राष्ट्रपतिज्यू समक्ष आज नै भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

 

२०८० साल असोज २५ गते बिहीबार

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता