प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू छठ पर्वको अवसरमा गुह्येश्वरी-गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रमहरूमा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

मिति २०७७ साल मङ्‌सिर ४ गते, बिहिबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता