सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेन जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा विभिन्‍न कार्यक्रम आयोजना गरी हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्को रूपमा पनि लिन सकिन्छ । Read More …

नवनियुक्त राजदूतज्यूहरूबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७७ साल कात्तिक १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रपतिको कार्यालयमा एक विशेष समारोहका बीच नवनियुक्त राजदूतज्यूहरू श्री गेहेन्द्र राजभण्डारी, श्री तापस अधिकारी र श्री रामकाजी खड्काले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । (हरि प्रसाद दहाल) प्रवक्ता