नवनियुक्त राजदूतज्यूहरूबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७७ साल कात्तिक १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रपतिको कार्यालयमा एक विशेष समारोहका बीच नवनियुक्त राजदूतज्यूहरू श्री गेहेन्द्र राजभण्डारी, श्री तापस अधिकारी र श्री रामकाजी खड्काले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

(हरि प्रसाद दहाल)

प्रवक्ता