सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल पुस २६ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Mr. Taro Kono ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

   (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता