प्रेस विज्ञप्ति

विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोले सो क्षेत्रका पीडित जनताका लागी राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ सम्माननीय राष्ट्रपतिज्यूबाट एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नु भएको छ । सोहि कोषमा जम्मा हुने गरि राष्ट्रपतिज्यूका विज्ञहरुबाट सात दिनको, सचिवहरु (स्वकिय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकिय समेत) बाट तीन दिनको, उप सचिव तथा शाखा अधिकृतहरु (स्वकिय समेत) बाट दुई दिनको तथा  सहायक स्तरका सबै कर्मचारीहरु (स्वकिय समेत) बाट एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

 

(मोहन प्रसाद वाग्ले)

प्रवक्ता