सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूतबाट विदाई भेट

आज मिति २०७४ साल भाद्र १४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूत महामहिम Mr. Baher Nabl Abdelfattah Helmy ले विदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता