नवनियुक्त माननीय महान्यायाधिवक्ताज्यूबाट शपथ ग्रहण

आज मिति २०७४ साल भाद्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा काठमाडौं महानगरपालिका-२६, काठमाडौं निवासी वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूसमक्ष नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीज्यूले महान्यायाधिवक्ता पदको पद तथा गोपनियताको शपथग्रहण समेत गर्नुभयो । उक्त समारोहमा सम्माननीय  उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका मुख्य सचिवज्यू लगायत उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

 

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता