सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang बाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा चीनका लागी नेपालका महामहिम राजदूत, नेपालस्थित चीनका महामहिम राजदूत एवम् नेपाल सरकार एवम् चीन सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले  भेट गर्नु भयो । उक्त भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले मुलुकमा हालैको अविरल वर्षाका कारण उत्पन्न वाढी पहिरोबाट भएको जनधनको क्षती र प्राकृतिक प्रकोपसँग जुध्न सरकारले गरेको तयारी बारे जानकारी दिनुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले  वाढी पहिरोबाट भएको जनधनको ठुलो क्षतिप्रति आफू अत्यन्त दुःखित भएको तथा शोक सन्तप्त परिवारप्रति भाव पूर्ण समवेदना र सहानुभुति व्यक्त गर्नु भयो । सम्माननीय राष्ट्रपतिज्यूले  सम्माननीय प्रधानमन्त्रीज्यूलाई वाढी पहिरो र यसबाट विशेषत मुलुकमा आउन सक्ने खाद्य संकटको समस्या, पिउने पानीको अशुद्धता तथा जलमा Read More …

प्रेस विज्ञप्ति

केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएकोले यस संवेदनशीलतालाई ध्यानमा राखी सम्माननीय राष्ट्रपतिज्यू सरिक हुनुहुने गरी मिति २०७४ साल श्रावण ३१ गते मंगलबार विराटनगर भ्रमणको लागि तय भएका महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अवलोकन, कोशी अञ्चल अस्पतालको अवलोकन, श्रीराधाकृष्ण रथयात्रा स्वर्ण महोत्सव समारोह समेतमा सरिक नहुनु भएको र मिति 2074/5/16 को लागि तय गरिएको हरितालिका (तिज), गौरा तथा जितिया पर्वको उपलक्ष्यमा आयोजना हुने साँस्कृतिक कार्यक्रम समेत नहुने भएको व्यहोरा जानकारी गराइन्छ ।   (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि परेको अविरल भिषण वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोप्रति गम्भीर ध्यानाकर्षण गर्नु भएको छ । प्रतिकूल मौसमका कारण हवाइ उडानमा कठिनाई परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पुर्‍याई कतिपय ठाउँमा राहत तथा उद्धार कार्य अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय हो । जलवायु परिवर्तन र वातावरण विनाशका कारणले मौसममा आउने गडबडी तथा प्राकृतिक प्रकोपका दृष्टिले संवेदनशील भौगोलिक अवस्थितिमा रहेको मुलुकको नाताले नदी प्रणालीलाई व्यवस्थित गर्ने र वर्षायाममा प्रकोप सामना गर्न झन बढी तयारी, सावधानी,  सचेतता र सतर्कता अपनाउनुपर्ने अवस्था उत्पन्न हुँदै गएकोतर्फ सम्बद्ध सबैको Read More …

श्री कृष्ण जन्माष्टमी पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुर्‍याएकोछ । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‍भाव, सद्‌विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ, यही मेरो Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४ २. संघीय आकस्मिक कोष विधेयक, २०७४ ३. बोनस (पाँचौ संशोधन) विधेयक, २०७४ (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताज्यूबाट राजीनामा पेश

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/४/२९ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट लिखित राजीनामा दिनु भएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति  सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ । (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुश्मा स्वराजबाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण २६ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री महामहिम श्रीमती सुश्मा स्वराजले शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउने विषयमा कुराकानी भएको थियो । उक्त भेटका अवसरमा भारतका लागि नेपालका महामहिम राजदूत तथा नेपालका लागि भारतका महामहिम राजदूत एवम् दुवै सरकारका उच्च  पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका (गैह्र आवासीय) महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण २५ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका महामहिम राजदूत (गैह्र आवासीय) H.E. Ms. Samargiul Adamkulova ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट सुरक्षाको प्रत्याभूति गर्न सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त

रौतहट जिल्लाको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणको क्रममा बनेको खाडलमा परी चारजना बालिकाको दुःखद निधनसम्बन्धी समाचारको संवेदनशीलता र यसबाट शोकसन्तप्त परिवारमा परेको गहिरो चोटप्रति सम्माननीय राष्ट्रपतिज्यूले भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । यसका साथै भोजपुर जिल्लामा तीनजना बालबालिका पानीमा डुबेर मृत्यु भएको र अबोध बालकको अपहरणजस्ता घटना घटिरहेको सन्दर्भमा बालबालिकाको यथोचित सुरक्षाको प्रत्याभूति गर्न सरकार र सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा सम्माननीय राष्ट्रपतिज्यूले व्यक्त गर्नुभएको छ ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता