सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४
२. संघीय आकस्मिक कोष विधेयक, २०७४
३. बोनस (पाँचौ संशोधन) विधेयक, २०७४

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता