प्रेस विज्ञप्ति

केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएकोले यस संवेदनशीलतालाई ध्यानमा राखी सम्माननीय राष्ट्रपतिज्यू सरिक हुनुहुने गरी मिति २०७४ साल श्रावण ३१ गते मंगलबार विराटनगर भ्रमणको लागि तय भएका महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अवलोकन, कोशी अञ्चल अस्पतालको अवलोकन, श्रीराधाकृष्ण रथयात्रा स्वर्ण महोत्सव समारोह समेतमा सरिक नहुनु भएको र मिति 2074/5/16 को लागि तय गरिएको हरितालिका (तिज), गौरा तथा जितिया पर्वको उपलक्ष्यमा आयोजना हुने साँस्कृतिक कार्यक्रम समेत नहुने भएको व्यहोरा जानकारी गराइन्छ ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता