सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका (गैह्र आवासीय) महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण २५ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका महामहिम राजदूत (गैह्र आवासीय) H.E. Ms. Samargiul Adamkulova ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता