सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानको कोयासान सहरका मेयरको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ९ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका जापानको कोयासान सहरका Mayor Mr. Yoshiya Hirano को नेतृत्वको टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र जापानबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । युनेस्को सम्पदा क्षेत्रका रुपमा रहेका बौद्ध धर्मको सिन्गोन (Shingon) समुदायको केन्द्रको रुपमा रहेको १२०१ वर्ष पुरानो कोयासान र गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबीच गत वर्ष भगिनी सम्बन्ध स्थापना भएको थियो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जापानबीच औपचारीक कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्तीका अवसरमा भईरहेका विभिन्न कार्यक्रम र भ्रमणको आदानप्रदानका सन्दर्भमा यसप्रकारको भ्रमणले अझ वढी महत्व रहने विश्वास समेत व्यक्त गर्नुभयो । उक्त भेटका अवसरमा नेपालका लागि जपानका राजदूत महामहिम Mr. Masashi Ogawa को समेत उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता