सम्माननीय राष्ट्रपतिज्यूबाट गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक १३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा त्रिपुरेश्वर, काठमाडौं निवासी श्री दीपकुमार उपाध्यायलाई मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई गणतन्त्र  भारतको लागि  र बलेटक्सार, गुल्मी निवासी श्री लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता