नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालीहरुको आफ्नै मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सबै नेपालीहरुमा भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु ।

अन्तमा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकाकार हुन्छौं, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने मेरो शुभकामना छ ।

धन्यबाद !

२०७३ साल कार्तिक १५ गते सोमबार ।