सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान

आज मिति २०७३ साल असोज २५ गते मंगलबारका दिन विजया दशमीको पावन अवसरमा बिहान ८:४५ को शुभसाइतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‌आफ्ना काका श्री खगेन्द्र पाण्डेबाट टीका प्रसाद एवम् जमरा ग्रहण गर्नुभयो । यस अगाडि सम्माननीय राष्ट्रपतिज्यूलाई हनुमानढोका दरबार दशैंघरका मूल पूजारी श्री देवराज अर्याल र राष्ट्रपतिको कार्यालयमा दुर्गा स्थापना गर्ने पण्डित श्री खेमचन्द्र ढकालबाट अभिषेक भएको थियो । विजया दशमीको अवसरमा सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीज्यू, पूर्व प्रधानमन्त्री एवम् विपक्षी दलका नेता माननीय के.पी.शर्मा ओलीज्यू, माननीय न्यायाधीशज्यूहरु, माननीय सभासदज्यूहरु, संवैधानिक निकायका पदाधिकारीज्यूहरु, विश्वविद्यालयका उपकुलपतिज्यूहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरुज्यूहरु,  उद्यमी, व्यवसायीज्यूहरु, सुरक्षा निकायका प्रमुख  तथा पदाधिकारीहरुज्यूहरु, सञ्चार कर्मीज्यूहरु एवम् Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीका प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् । साथै, हाल मनाइरहेको महान पर्व वडादशैं तथा Read More …

सजाय माफी

आज मिति २०७३ साल असोज २१ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२० को सिफारिसमा बडा दशैं, २०७३ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क) एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावती समेत १०४ (एक सय चार) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं २०७३ का अवसरमा मिति २०७३/६/२५ गते मंगलबार विजया दशमीका दिन टीका प्रदान हुने हुँदा सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:०० बजे देखि अपरान्ह २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि अपरान्ह ५:०० बजे सम्मका लागि शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

सम्माननीय राष्ट्रपतिज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ को अवसरमा “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक

आज मिति २०७३ साल असोज १९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक हुनुभयो। समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा २० जिल्लाका ४० किशोरीहरुले ‘नेतृत्वमा बालिका अभियान’ अन्तर्गत ‘बालिका संसद’ को अभ्यास गर्दै नेपालमा किशोरीहरुले भोगिरहेका चुनौति र तिनको समाधानमा केन्द्रित रहेर नमूना नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेतृत्वको लागि लगनशीलता र निस्वार्थ भावना अनि त्यागको आवश्यकता औंल्याउदै पांचौ अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना व्यक्त गर्नुभएको । सन्जालकी अध्यक्ष मोनिका रानाभाटले संचालन गरेको सो कार्यक्रममा ब्यवस्थापिका-संसदको बिकास Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल असोज १८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. विशेष आर्थिक क्षेत्रको स्थापना, संचालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३ २. कर्मचारी सञ्चय कोषलाई संशोधन गर्न बनेको विधेयक, २०७३ ३. लेखापरीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३ ४. निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधेयक, २०७३ ५. बैंकिङ कसूर तथा सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३ ६. Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट न्याय परिषद्को सदस्य पदमा नियुक्त

आज मिति २०७३ साल असोज १७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा गरामनी-२, झापा  निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद सिटौलालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १६ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत Mr. Wu Chuntai ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले गतवर्षको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माण कार्यमा चीन सरकारबाट प्राप्त सहयोगको लागि चीन सरकार तथा जनतालाई धन्यवाद दिनुहुँदै महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको सराहनीय भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो । (केशव प्रसाद घिमिरे) उपसचिव

२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्‌नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरुको सुख, शान्ति, सुस्वास्थ्य दीर्घजीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ज्येष्ठ नागरिकको योगदानबाट प्रेरणा लिने र समृद्ध अनुभवबाट शिक्षा प्राप्त गर्न युवा पिँढी तयार हुनु पर्दछ । यसो गर्न सक्दा नै जेष्ठ नागरिकप्रति सच्चा सम्मान गरेको ठहरिने छ । यही भावनाअनुकूल वर्तमान संविधानमा मौलिक हकको रुपमा ज्येष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक Read More …