सम्माननीय राष्ट्रपतिज्यूबाट अरब गणतन्त्र ईजिप्टका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री झविन्द्र प्रसाद अर्याललाई अरब गणतन्त्र  ईजिप्टको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(बशिष्टकुमार घिमिरे)

उपसचिव