सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्स National Defence Force का सेना प्रमुखको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक २ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका माल्दिभ्स National Defence Force का सेना प्रमुख  Major General Ahmed Shiyam, ndc, psc को नेतृत्वको टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र माल्दिभ्सबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र माल्दिभियन सेनाबीच सहयोग र सम्बन्धको विस्तारमा अझ वृद्धि गर्ने विषयमा छलफल भएको थियो । उक्त अवसरमा माल्दिभियन सेनाका पदाधिकारीहरु र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

उपसचिव